मुख्य समाचार
More+
img
नोट अनावश्यक केरमेट नगर्न तथानच्यात्न सर्वसाधारणलाई राष्ट्रबैँकको आग्रह

नेपाल राष्ट्रबैँकले दसैँको बेलामा रुपैयाँमाअनावश्यक केरमेट नगर्न, नोट नच्यात्न सर्वसाधारणलाई आग्रह गरेको छ । दसैँको समयमानयाँनोट...

img
रौतहटमा मोटर साईकलले साईकल ठक्कर दिदा एक साईकल यात्रीको मृत्यु

रौतहटमा मोटर साईकलले साईकल यात्रीलाई ठक्कर दिदा एक साईकल यात्रीको मृत्यु भएको छ । जिललाको फतुवा बिजयपुर नगर पालिका वाड- १ स्थित सन्तपुर बाट...

img
फूलपातीपर्व आज घरघरमाफूलपातीभित्र्याएर मनाइँदै

दुर्गा पक्षअन्तर्गत आश्विनशुक्ल सप्तमीकादिनमनाइने फूलपातीपर्व आज घरघरमाशास्त्रीयविधिअनुसार फूलपातीभित्र्याएर मनाइँदैछ ।...

Today:Saturday 20th of October

tune

NOW PLAYING..
Latest Hindi Songs (Rimix)

tune

UP NEXT....
Lok Sewa Ayog

अभिलेखालय
More+
Prabhu Sah
Prem Ras=04-02
युवासंघ रुपन्देही अध्यक्ष हत्याकाण्डः २ महिनापछि ८ जना पक्राउ, मुख्य आरोपी अझैं फरार
image not found

रुपन्देही– एमाले निकट युवासंघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको आरोपसहित रुपन्देही प्रहरीले ८ जना आरोपीहरुलाई सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न भएको आरोपसहित प्रहरीले ८ जनालाई सार्वजनिक गरेको हो ।प्रहरीले हत्यामा सहयोग गरेको भन्दै बिभिन्न आरोपीहरुलाई पक्राउ गरेपनि हत्याका मूख्य अभियुक्तहरुलाई भने अझै पनि पक्राउ गर्न सकेको छैन ।तिवारीको हत्या गर्न निर्देशन दिने मुख्य योजनाकार रुपन्देही देवदह ६ को मनोज बुढामगर, गोली हान्ने राजु भन्ने ब्यक्ति सहित घटनाको योजनाकार चारजना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
 
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र धानुकले मनोजको निर्देशन र मुख्य योजनामा हत्या गर्ने घटनाको योजनाकार सिद्धार्थनगर नगरपालिका १३ को विकास भन्ने सोमबहादुर आले, तिवारीमाथी गोली प्रहार गर्ने सुटर राजु, गढिमाई नगरपालिका १ को श्याम गुरुङ र हतियार तथा गोली दिने र राख्ने देवदह ३ सेमरानाको बाबु भन्ने तुल बहादुर सिंजाली अझै फरार रहेको र उनीहरुलाई छिट्टै पक्राउ गरिने जानकारी दिए ।
 
मनोज बुढाले दुर्गा तिवारी हत्या गर्नुको मुख्य कारण व्यक्तिगत प्रतिसोध र आपराधिक मनोबृतिले काम गरेको प्रहरीले जनाएको छ । तर, प्रहरकिो यो भनाईप्रति मृतक तिवारीका परिवारले नकारेका छन् ।पारिवारीक श्रोतका अनुसार तिवारीको कसैसंग ब्यक्तिगत रिसईवी नरहेको र प्रहरीले अनुसन्धान विस्वासिलो नभएको दावी गरेको छ ।मृतकका दाजूले आफ्नो भाईलाई राजनैतिक घटनाका कारण मारिएको पत्रकार सम्मेलनमा दावी गरि रहे । उनले भाईलाई पहिला पनि आक्रमण भए पनि प्रहरीले उनको सुरक्षामा कुनै ध्यान नदिएको आरोप समेत लगाए ।रुपन्देहीको देवदह ७ खैरेनी निवासी दुर्गा तिवारीको गत पुस ४ गते दिउँसो साढे तीन बजे मोटरसाईकलमा गएको दुई जनाको समूहले गोली हानी हत्या गरेका थिए ।पार्टी तथा संगठनको कामसँगै ईट्टा व्यवसायलाई समेत संगसँगै अगाडि बढाउँदै आएका तिवारीमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले प्रहरी, पत्रकार तथा अन्य विभिन्न व्यक्तिहरुलाई टेलिफोन गरी तिवारीको हत्या आफूले गराएको जिम्मा लिएका थिए ।पाँच नम्बर प्रदेश विभाजनको विरोधमा आन्दोलन गर्दै आएको एमालेले तिवारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला बन्द सहितको आन्दोलन चर्काएपछि सरकारले छानविन समिति गठन गरेको थियो । समितिले दुई साताभित्रमा हत्यामा संलग्नलाई पक्राउ गर्ने जनाए पनि दुई महिनापछि मात्र हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो । तिवारीका ७९ वर्षिय आमा, श्रीमती र दुई छोरी छन् ।घटनाको मुख्य योजनाकार, मनोज पुन भन्ने मनोज बुढामगर ९फरार०, २९ बर्ष, जिल्ला रुपन्देही देबदह न।पा। ६ ।
–योजनाकार, बिकास भन्ने सोमबहादुर आले ९फरार०, ४० बर्ष, जि ।रु।सि।न।पा। १३ ।
–योजनाकार, श्याम गुरुङ ९फरार०, ३० बर्ष, जि।बारा गढीमाई न।पा।१
–सुटर, राजु भन्ने ९फरार० ।
–फरार, बाबु भन्ने तुल बहादुर सिँजाली २७।२८ बर्ष, देबदह न।पा। ३ सेमराना ।
 
–निगरानीकर्ता, बसन्त बहादुर चापागाई, ३१ बर्ष, देबदह न।पा।६ ९ मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशन बमोजिम घटनाको दिन दिनभरी दुर्गा प्रसाद तिवारीको गतिबिधिको निगरानी गरी जानकारी गराएको ।०
 
–बुद्धिसागर यादब, २७ बर्ष, तिलोत्तमा न।पा।१५ भुमिकाः घटना घटाउने उद्देश्यले मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा ५१ प ८०७३ नं। को मोसा। लुकाईछिपाई केहिमहिना अघिदेखि आफ्नो घरमा राखिदिएको र घटना हुँदाको दिन आफ्ना भाई राजेश यादवसंग उक्त मोटरसाईकल पठाईदिएको ।–राजेश यादव, २४ बर्ष, तिलोत्तमा न।पा।१५–दाजु बुद्धिसागर यादवले घरमा ल्याई राखेको बा ५१ प ८०७३ नं। को घटना हुदाको दिन रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको ।–प्रयास भन्ने खेमानन्द भट्टराई, उमेरः३३ बर्ष, तिलोत्तमा न।पा।८, मनोज पुन ९ बुढा मगर० को निर्देशन बमोजिम घटन हुदाको दिन २०७३।०९।०४ गते बिहान सुटरलाई आफ्नो लु २८ प २११९ नं।को मो।सा।मा राखी रोहणी पुल सम्म पुरयाएको र घटना पश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाईकलमा रोहणी पुलबाट मणिग्राम सम्म पुरयाएको । सागर थापाको मोवाईल तथा सिम भाचेर फालि दिएको। मणीग्रामवाट सुटरलाई पोखरातर्फ र सागर थापालाई पाल्पा हुदै गुल्मी रिडीतर्फ पठाएको ।– सागर थापा, २३ बर्ष, देबदह न।पा। ८ ९राजेश यादव संगबाट बा ५१ प ८०७३ नं। को मोटरसाईकल रिसिभ गरी सुटरलाई मोटरसाईकलको पछाडी राखी देबदह खैरेनीतर्फ आई पौडेल मिष्ठान भण्डार अगाडी रहेका दुर्गाप्रसाद तिवारीलाई पिछा गरी देबदह ८ स्थित कोलिया मार्गमा पुगेको अवस्थामा निजले मोटरसाईकल दुर्गा तिवारी चलाएको मोटरसाईकलको केही अगाडी लगेपश्चात सुटरले गोली हानी सेमराना हुदै रोहणी पुलमा पुगी मोटरसाईकल रोहणी पुलमा छाडी खेमानन्द भट्टराईको लु २८ प २११९ नं।को मो।सा। मा मणिग्राम तर्फ गई निज सो दिन पाल्पा तर्फ लागेको ।
–अंगद थारु, २८ बर्ष, धकधई ८ परासी झुङगा, ९हातहतियार संकलन, ओसापोसार, फिरौती रकम उठाउने । ०
–ऋषिश्वर कुमाल, २८ बर्ष, देबदह न।पा।९ ९हातहतियार संकलन, ओसापोसार, फिरौती रकम उठाउने । ०