मुख्य समाचार
More+
img
नोट अनावश्यक केरमेट नगर्न तथानच्यात्न सर्वसाधारणलाई राष्ट्रबैँकको आग्रह

नेपाल राष्ट्रबैँकले दसैँको बेलामा रुपैयाँमाअनावश्यक केरमेट नगर्न, नोट नच्यात्न सर्वसाधारणलाई आग्रह गरेको छ । दसैँको समयमानयाँनोट...

img
रौतहटमा मोटर साईकलले साईकल ठक्कर दिदा एक साईकल यात्रीको मृत्यु

रौतहटमा मोटर साईकलले साईकल यात्रीलाई ठक्कर दिदा एक साईकल यात्रीको मृत्यु भएको छ । जिललाको फतुवा बिजयपुर नगर पालिका वाड- १ स्थित सन्तपुर बाट...

img
फूलपातीपर्व आज घरघरमाफूलपातीभित्र्याएर मनाइँदै

दुर्गा पक्षअन्तर्गत आश्विनशुक्ल सप्तमीकादिनमनाइने फूलपातीपर्व आज घरघरमाशास्त्रीयविधिअनुसार फूलपातीभित्र्याएर मनाइँदैछ ।...

Today:Saturday 20th of October

tune

NOW PLAYING..
Latest Hindi Songs (Rimix)

tune

UP NEXT....
Lok Sewa Ayog

अभिलेखालय
More+
Prabhu Sah
Prem Ras=04-02
रौतहटको वीपीचोकमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप
image not found

फाल्गुन १५, २०७३( रौतहटको वीपी चोक तनावग्रस्त बनेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपले वीपी चोक तनावग्रस्त भएको हो । झडपका क्रममा प्रहरी जवान रामविनय यादव, स्थानीय पत्रकार प्रभातकुमार झा र सर्वसाधारण नन्दकिशोर पटेल  घाइते भएको प्रहरीले जनाएको छ ।अहिले पनि प्रहरी र मोर्चाका कार्यकर्ताबीच ढुंगा हानाहान भइरहेको छ । सदरमुकाम गौरस्थित ब्यारेक चौरमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम विथोल्न पुगेका मार्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । वीपी चोकमा झडप र व्यारेक चौरमा कार्यक्रम जारी छ । कार्यक्रममा एमाले नेता माधवकुमार नेपाल सहभागी छन् । 
 
कार्यक्रमस्थल वरपर बिहानैदेखि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाको कारण देखाउँदै त्यस क्षेत्रमा प्रहरीले बिहानैदेखि आवाजजावत रोक्दा आफुहरु समस्या परेको रौतहट रघुनाथपुरका किसान योगेन्द्र साहले बताए ।  ‘बाटोमा छिर्नै दिएनन,’ उनले भने, ‘घुमाउरो बाटो भएर कार्यालयमा जान खोज्दा यता पनि पुलिसले रोक्यो ।’ धेरै अनुरोध गरेपछि जान दिएको उनले बताए । 
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिहान ८ बजेदेखि नै ब्यारेक चौरलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीयको आरोप छ ।